ट्रेण्डिङ

होमपेज / समाज

आज असार १५:राष्ट्रिय धान दिवस, दहि चिउरा खाने दिन

नेपालगाथा २०७८ असार १५ गते मंगलबार ०६:१९:४६ मा प्रकाशित

काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । कृषि प्रधान देश नेपालमा परम्परादेखि नै असार १५ लाई दही–चिउरा खाएर मनाइने गरिन्छ ।

आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।‘कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔ भन्ने नाराका साथ यो दिवस मनाइन्छ। यसलाइ रोपाई दिवस समेत भनिन्छ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।आषाढ महिनाको सामाजिक र आर्थिक मात्र नभईकन साहित्यिक महत्व पनि उत्तिकै रहेको छ । आषाढे महिनामा पानी पर्यो रुझाउने, आषाढे मासमा धान रोपेझैँ खेतमा लगायतका बिभिन्न रोमाञ्चक र जनमानसमा प्रचलीत गीतहरु पुस्तौँदेखी आषाढको सेरोफेरोमा लेखिएका र गाइएका छन् तथापी पहिले पहिले जस्तो रोपाँईका गीतहरु खेतमा लाम लागेर धान रोप्दै सामूहिक रुपमा गीत गाँउदै गरिने धेरै कम मात्र पाईन्छ । 

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top