ट्रेण्डिङ

होमपेज / समाज

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७८ असार १४ गते सोमबार १७:५७:५७ मा प्रकाशित

संखुवासभा, १४ असार, पाँचखपन नगरपालिका-३ सिरिसे बस्ने ८० वर्षीय आइत बहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४३ वर्षीय विष्णु तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति तामाङले मादक पदार्थ सेवन गरी राईलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले कुटपिट गर्ने तामाङलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top