ट्रेण्डिङ

होमपेज / समाज

भोलि कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने

नेपालगाथा २०७८ असार १४ गते सोमबार १७:२६:५६ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ भोली अर्थात् धान दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार (आज) सूचना जारी गर्दै मंगलबार जुम्लाबाहेकका जिल्लामा सार्वजनिक दिने जानकारी दिएको छ । प्रदेशका १० जिल्लामध्ये जुम्लाबाहेकका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्थाहरू बन्द हुनेछन् ।

असार १५ दही–चिउरा खाएर मनाउने चलन छ । यस दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा समेत लिइन्छ । धान दिवसको दिनमा कृषिलाई प्रवर्द्धन गर्नका लागि पनि सार्वजनिक बिदा दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top