ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइयो,भोलिदेखि के चल्छन् के चल्दैनन्?

नेपालगाथा २०७८ असार १४ गते सोमबार १४:४५:५७ मा प्रकाशित

काठमाडौं ।काठमाडौं उपत्यकाभित्र भोलिदेखि २५ भन्दा बढी सिट क्षामताका सार्वजनिक सवारी साधन सञ्चालन हुने भएको छ ।काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी दिए । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।

 सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।त्यस्तै नीजि सवारी साधनहरू कार, जिप, भ्यानमा बढीमा ४ जना, ट्याक्सीमा बढीमा ३ जना र मोटरसाइकल/स्कुटर पनि जोर बिजोर प्रणालीमा सञ्चालन गर्न सकिने उनले बताए ।सभा, सम्मेलन र गोष्ठीहरू भने खुला गरिएको छैन । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top