ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकाको निषेधाज्ञा के हुन्छ ?निजी सवारीझैँ जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउने तयारी

आज निर्णय गरिने

नेपालगाथा २०७८ असार १४ गते सोमबार ०७:१०:३५ मा प्रकाशित

काठमाडौं । काठमाडौमा जारी निषेधाज्ञाको सम्बन्धमा निर्णय गर्न आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ ।

 बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने/नगर्ने बारेमा सोमबार बस्ने बैठकले तय गर्ने भएको हाे।उक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञाका सम्बन्धमा निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

 ‘सार्वजनिक यातायात खुलाइनै हाल्ने भनेर निर्णय गरिएको छैन । तैपनि खोल्ने सम्भावना र त्यसको तयारीबारे छलफल भने गरिएको छ । भोलि बस्ने बैठकले संक्रमण दरको अवस्था हेरेर यसबारे विश्लेषण गर्नेछ । साथै, यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुने भएकाले र एकैपटक यातायात खुलाउदा अवस्था फेरी पूरानै हुने सम्भावना हुन्छ । त्यसैले जोरबिजोरबाट लैजान सकिन्छ भन्ने पनि बैठकमा छलफल भएको छ ।’

अहिले निजी सवारीमा जोरबिजोर प्रणालीअन्तर्गत साधन गुडाउन दिइएको भए पनि सार्वजनिक यातायात तत्काल सञ्चालन भएको छैन ।निषेधाज्ञा पूरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/डेढ हप्ता खोल्न नहुने सुझाव आएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top