ट्रेण्डिङ

होमपेज / समाज

नेपालका विभिन्न स्थानहरूमा आज पनि मध्यमदेखि भारी वर्षाको सम्भावना

नेपालगाथा २०७८ असार १३ गते आइतबार ०६:४४:०० मा प्रकाशित

काठमाडौं‍ । नेपालका विभिन्न स्थानहरूमा आज पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षासंगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।

प्रदेश-१, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि सामान्यदेखि पूर्ण बदली रहिरहने हुँदा भारी वर्षा हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top