ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी

नेपालगाथा २०७८ असार १३ गते आइतबार ०६:१२:११ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अझै एक साता निषेधाज्ञा थपिनेछ ।“करिब दुई महिनाअघिदेखिको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेको छ । संक्रमण पुनः फैलिन नदिने गरी व्यवस्थापन गर्नतिर प्रशासनको ध्यान गएको छ,” प्रजिअ निरौलाले भने, ‘‘स्वास्थ्य मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग समन्वय गरेर निषेधाज्ञा थप गरिन्छ । पछिल्लो समय खुलाउन माग गरिएको केही क्षेत्र पनि खुकुलो गर्ने कि भन्ने छ । यस विषयमा हामी भोलि (आइतबार) छलफल गर्नेछौँ ।

उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top