ट्रेण्डिङ

होमपेज / समाज

 मुलुकको आन्तरिक हवाई उडान यही १७ असारदेखि सञ्चालन हुने

आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटे

नेपालगाथा २०७८ असार १२ गते शनिबार १८:५४:१६ मा प्रकाशित

काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान यही १७ असारदेखि सञ्चालन हुने भएकाे छ। उडान सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् ।

बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका छन। एयरलाइन्सले टिकट बुकिङ पनि सुरु गरिसकेका छन् ।यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रूपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि सुरु गरेका हुन।बुद्ध एयरले आइतबारदेखि औपचारिक रूपमा कार्यालय सञ्चालन गर्ने जनाएको छ । 

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top