होमपेज / समाज
काठमाडौं ।शनिबार मुलुकमा कोरोनाभाइरसका दुई हजार १६ जना जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,०१६ संक्रमित थपिएका हुन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६३ हजार ८ सय ५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ९ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४ हजार ९ सय १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ५ लाख ८१ हजार ३ सय २७ जना निको भएका छन् ।