ट्रेण्डिङ

होमपेज / समाज

त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने

नेपालगाथा २०७८ असार १२ गते शनिबार १५:४४:२७ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए। ‘कोरोना भाइरसको तेस्रो लहर आए पनि हामी स्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्दछौँ,’ उनले भने, ‘भरसक भौतिक उपस्थितिमा परीक्षा गर्नेछौँ, त्यो सम्भव नभए पनि अनलाइनबाट परीक्षा गरेर क्यालेन्डलरलाई पहिल्यकै अवस्थामा पुर्याउँछौँ ।’

स्नातक दोस्रो वर्षको परीक्षाहरू साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको उनले जनाए । उनले स्नातक प्रथम वर्षका परीक्षार्थीहरूको परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको जनाए । ‘स्नातक प्रथम वर्षदेखि स्नातकोत्तर तहसम्मका चार लाख विद्यार्थीको परीक्षा साउन ५ गतेदेखि सुरु हुन्छ,’ नियन्त्रक जोशीले भने, ‘स्नातकोत्तर तहको भने भदौ पहिलो साता सुरु गर्ने तय भएको छ,’ उनले थपे, ‘विद्यार्थीलाई केन्द्र छनौटको अवसर दिइने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top