ट्रेण्डिङ

होमपेज / समाज

उद्योगी व्यवसायीले भने- अर्थतन्त्र चलाउन खोप अनिवार्य तर सरकार पत्र पठाउँदैमा रमायो

नेपालगाथा २०७८ असार १२ गते शनिबार ०६:११:०५ मा प्रकाशित

काठमाडौं । उद्योगी व्यवसायीहरूले सरकार कोरोना भाइरसबाट जोगिन भ्याक्सिन केन्द्रित हुन नसकेको गुनासो गरेका छन् ।उद्योगी व्यवसायीहरुले सरकारले तत्काल बहुमत नेपालीलाई कोभिड १९ विरुद्धको खोप नलगाउने हो भने मुलुकको अर्थतन्त्र धरासाही हुने चेतावनी दिएका छन ।

नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाएर अर्थतन्त्र चलयमान गराउनु पर्नेमा सरकार खोपका लागि पत्र पठाएको भरमा रमाएको आरोप उद्योगी व्यवसायीले लगाएका छन।नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा ब्यापार बिभागको आयोजनामा “कोभिड-१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव“ बिषयक भरचुअल अन्तरकृया कार्यक्रम सहभागी दर्जनौ व्यवसायीले सरकार भ्याक्सिनमा केन्द्रित नहुनुले मुलुको अर्थतन्त्र समस्यमा जाने बताएका हुन् ।

'विभिन्न ठाउँमा पत्र पठाएकोमा सरकार रमाइरहेको देखियो तर भ्याक्सिन भने आउन  सकेन,' कोभिड-१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव विषयक भर्चुअल अन्तरक्रियामा उद्योगी विनोद चौधरीले भने । उनले सरकार भ्याक्सिन ल्याएर लगाउनेमा केन्द्रित नहुनुले गम्भीर आशंका उत्पन्न गरेको बताए ।

नेपाल उद्योग वाणिज्य महांसघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र चलयमान गराउनका लागि जति सक्यो धेरै खोपको व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यान त्यतातर्फ केन्द्रित नभएको बताए । ‘धेरैभन्दा धेरै नेपालीलाई खोप लगाउने हो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ घरमा थुनेर समस्या समाधान हुँदैन,’ गोल्छाले भने ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पर्यटन क्षेत्रमा लागेका १५ लाख मानिस अहिले वेरोजगार भएर बसेको अवस्था रहेको बताए । अव भ्याक्सिन लगाएर मुलुक खुल्यो भन्ने अवस्था नआएसम्म पर्यटक नआउने भएकोले सरकार त्यसमा केन्द्रित हुनुनपर्ने शेर्पाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top