ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना कोभिड संक्रमित थपिए

२७ जनाको मृत्यु

नेपालगाथा २०७८ असार ११ गते शुक्रबार १७:३५:३९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना कोभिड संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५५ जना गरी  २ हजार ४७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा  ५ हजार ४५५ संक्रमणमुक्त भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top