ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७८ असार ११ गते शुक्रबार १७:३०:५१ मा प्रकाशित

झापा, ११ असार झापा गाउँपालिका-२ झापा बजारबाट ७ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३२ वर्षीय बिशाल मडीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनको साथबाट उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी झापा, बाह्रदशी गाउँपालिका-२ जनता बजारबाट १६ ग्राम ५ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ बस्ने २७ वर्षीय प्रशान्त बिक्रम थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मे.८ प १६४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकलमा सवार थापालाई पक्राउ गरेको हो ।

साथै उक्त मोटरसाइकलका चालक फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ । घटनाको थप अनुसन्धानका लागि अर्को गाडीमा सवार अन्य ४ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top