होमपेज / समाज
काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
आज दिउँसो माइतीघर चोकमा सञ्चारकर्मी रुपा सुनुवारप्रति भएको विभेदको विरोध गर्दै विभिन्न दलमा आबद्ध संघ संगठनले विरोध जनाएका हुन्। उनीहरूले जातीय भेदभाव बढाएको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही माग गरेका छन्।
‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका थिए । संरक्षित विभेदविरुद्ध आम प्रदर्शन तथा हस्ताक्षर अभियान नाम दिएर गरिएको प्रदर्शनमा ‘हाम्रो वर्ण, गोत्र अनि जातभन्दा माथि सबै अट्ने अलिकति ठाउँ खोजौं साथी’, जातिवादी राज्यसत्ता मूर्दावाद लगायतका प्लेकार्ड बोकेका थिए ।