होमपेज / समाज
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको सम्भावित तेश्रो लहरको जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
सरकारले बाढीप्रभावित क्षेत्रका बासिन्दालाई कोरोनाविरुद्धको खोप अभियानको पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री कृष्णगोपाल श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।
उनले तेश्रो लहरले बालबालिकामा जोखिम देखिन सक्ने भएकाले त्यसको पूर्व तयारी गर्नुपर्ने बताए । उनले आफु काम र परिणाममा विश्वास गर्ने जिकिर गरे । मन्त्री श्रेष्ठले नागरिकलाई खोप दिनुपर्ने अहिलेको ठूलो काम भएको भन्दै त्यसको लागि सरकार गम्भीर भएर अघि बढेको जानकारी दिए । उनले कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने बताए ।
बाढीका कारण विस्थापित हुँदा समूहमा बस्नुपर्ने भएकाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खोप प्राथमिकतामा राखिएको उनले जनाए । गतसाता आएका बाढीले सिन्धुपाल्चोक, मनाङ र म्याग्दी प्रभावित भएका थिए ।