होमपेज / समाज
काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने जनाएको छ ।
देशभर हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले मुलुकका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनीलगायतका प्रदेशका केही स्थानमा पानी पर्न सक्ने छ । त्यस्तै आज राति प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।
यस्तै, राति पनि देशभरको मौसम बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।