होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ३१२ वटा नमुनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट २ हजार ५१८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।