ट्रेण्डिङ

होमपेज / समाज

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ

नेपालगाथा २०७८ असार १० गते बिहीबार १५:२२:३४ मा प्रकाशित

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् ।सिन्धुपाल्चोकका २९ वर्षीय सुरेश तिमल्सिनाले उनकाे हत्या गरेकाे खुलेकाे हाे ।

उनी गाडीको सहचालक रहेको खुलेको छ।महानगरीय अपराध महाशाखाको टोलीले  तिमल्सिनालाई काठमाडाैँकाे कमलाक्षी इनबहालबाट पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो । तिमल्सिनाले सन्ताेषीलाइ खान र बस्नकाे लाेभ देखाएर दक्षिणकाली लगेर बलात्कार प्रयास गरेका थिए । तर सन्तोषीले प्रतिकार गरेपछि  उनकाे घाँटी थिचेर हत्या गरेको खुलेकाे हाे ।

हत्यापछि शव नचिनियोस् भनी तिमल्सिनाले पटक-पटक अनुहारमा प्रहार गरी विभत्स बनाएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top