ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ दुई वर्षयताकै उच्च बिन्दुमा

नेपालगाथा २०७८ असार १० गते बिहीबार ०७:१६:४७ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ ।

नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर वृद्धि भएकाले नेपाली बजारमा पनि चाप बढेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । 

नेपाल आयल निगमले यसअघि जेठ २२ मा पनि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनकाे मूल्य प्रतिलिटर २ रुपैयाँकाे दरले बढाएकाे थियाे ।त्यसयता मूल्य निरन्तर उकालो लागेकाले नेपाली बजारमा समेत मूल्य बढाउन दबाब बढेको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top