होमपेज / समाज
काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
प्रदेश नम्बर–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशभर मनसुनी वायुको प्रभाव छ ।
हाल देशको दक्षिणी भू–भागनजिक मनसुनी न्यूनचापीय रेखा रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।