ट्रेण्डिङ

होमपेज / समाज

अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको अभियोगमा ६ जना पक्राउ

नेपालगाथा २०७८ असार ९ गते बुधबार १८:०८:१९ मा प्रकाशित

कास्की, ९ असार पोखरा महानगरपालिका-२५ हेम्जास्थित सेती नदी सहस्त्र घाटमा अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको अभियोगमा पोखरा महानगरपालिका-१ सिम्पानी बस्ने ३९ वर्षीय सानुभाई मगर लगायत ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त नदीमा उत्खनन गरिरहेको भन्ने सूचना प्राप्‍त हुनासाथ अस्थाई प्रहरी पोष्ट हेम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई ढुङ्गा, गिट्टी र बालुवा भरिएको ६ वटा टिपर सहित
पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top