होमपेज / समाज
काठमाडौं । आगामी आइतबारदेखि आन्तरिक उडान हुने भएको छ ।सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेपछि ढिलोमा आइतबारदेखि आन्तरिक उडान हुने भएको हो ।
मन्त्रिपरिषद्ले उडानको प्रक्रिया अगाडि बढाउन पर्यटन मन्त्रालयलाई जिम्मेवारी पनि दिएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्नेगरी उडान हुनेछ ।
“मन्त्रिपरिषद्ले आन्तरिक उडान पनि खोल्ने भनेर सैद्धान्तिक सहमति दिएको छ र मन्त्रालयलाई जिम्मेवारी दिएको छ । ५० प्रतिशत क्षमता उडाउने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ । ५० प्रतिशत भन्दा बढी उडान गर्न मिलेर अब मन्त्रालयले सहजीकरण गर्दै जान्छ” उनले भने, “ढिलोमा आइतबारदेखि आन्तरिक उडान सुरु हुन्छ ।”