होमपेज / समाज
काठमाडौं कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोपको व्यवस्था गर्न मंगलबार न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश दिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिशिल्ड खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्ममा दोस्रो डोज खोप लगाइसक्नुपर्ने छ ।
अर्जुनराज गिरीलगायतले सर्वोच्च अदालतमा ज्येष्ठ नागरिकलाई खोप माग्दै रिट दायर गरेका थिए । सर्वोच्चले सोही रिटमा सुनवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको हो ।