ट्रेण्डिङ

होमपेज / समाज

आज मुलुकभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने

नेपालगाथा २०७८ असार ७ गते सोमबार ०६:५६:४७ मा प्रकाशित

काठमाडौं ।  आज मुलुकभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षा तथा प्रदेश १ का केही स्थानमा अति भारी वर्षा हुने छ ।

मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाकाे सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण पहाडी भू-भागमा पहिरो र गेग्रान बहावको जोखिम तथा नदीनालामा पानीको सतह बढ्ने एवं यातायात अवरुद्ध हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top