होमपेज / समाज
काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ ।
आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञा १४ असारसम्म थप गर्ने निर्णय गरेको हो ।यस्तै, उपत्यकामा सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार व्यापार व्यवसाय समय तोकेर चलाउन दिने निर्णय भएको छ । सार ८ गतेदेखि लागु हुने निषेधाज्ञामा कपडा पसल, भाडा पसल लगायत भिडभाड कम हुने व्यवसाय प्रशासनद्वारा निर्धारित समयावधी बमोजिम सञ्चालन गर्न पाइनेछ ।
यस्तै, डिपार्टमेन्ट स्टोर र फेन्सी पसलहरू भने सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म खोल्न पाइनेने छ।यस्तै निजी सवारी साधनमा जोरबिजोर लागु गरिएको छ ।