होमपेज / समाज
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।अहिले खनाललाई दिइएको अक्सिजन सपोर्टसमेत आजबाट हटाइएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए।
‘अहिले भर्खरै मेरो एपोलो अस्पताल दिल्लीमा पूर्वप्रधानमन्त्री खनालसँग भिडियोमा कुराकानी भयो । उहाँको स्वास्थ्यमा उल्लेखीय सुधार भएको छ । ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ । अक्सिजन सपोर्ट पनि हटाइएको छ,’ खनालको स्वकीय सचिव कृष्ण भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
नेता खनाललार्ई असार २ गते थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको थियो ।लगातार ज्वरो आएको र हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई जेठ ३१ गते थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो ।