ट्रेण्डिङ

होमपेज / समाज

दलित युवतीलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटीलाई प्रहरीले गर्याे पक्राउ

नेपालगाथा २०७८ असार ६ गते आइतबार १४:०२:०९ मा प्रकाशित

काठमाडौं । दलित युवतीलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । बबरमहलकी सरस्वती प्रधानलाई २४ वर्षीया रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा  प्रहरीले पक्राउ गरेको हो ।

जातकै आधारमा डेरा नदिने घरधनी काठमाडौं महानगरपालिका– ११ बबरमहलकी ५८ वर्षीया सरस्वती प्रधानविरुद्ध पत्रकार सुनारले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् ।

प्रहरीले जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएर सरस्वतीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top