होमपेज / समाज
काठमाडौं ।बाराको जीतपुरसिमरास्थित जगदम्बा स्टील्स कारखानामा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आगलागी भएको हो । आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दिपक श्रेष्ठले बताए । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
भारत विहार पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । घाइते हुने नेपाली कामदारहरूमा रामकुमार विश्वकर्मा, ईन्द्रप्रसाद अधिकारी र नवराज चौंलागाईं रहेका छन् । उनीहरुको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा गम्भिर अवस्था रहेका विकलाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ ।
आगलागीबाट अन्य के कति क्षति भएको छ भन्नेबारेमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।