होमपेज / समाज
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले गरेको कामको प्रसंसा गरेका छन् । महानिर्देशक डा. गेहब्रेयसले स्थानीय छापताङ खोलामा आएको बाढीका कारण स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो ट्वीट गर्दै प्रशंसा गरेका हुन्।
असार १ गते ६० बर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना खोपको दोस्रो डोज लाउने तालिका अनुसार खोप लैजाने क्रममा खोलामा आएको बाढीले खोप बगाउने डरले स्वास्थ्यकर्मीहरुले लठ्ठीको सहाराले खोला तारेका थिए । सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरुमाझ भाइरल भइरहेको यो दृश्यलाई डब्ल्यूएचओका महानिर्देशकले ट्वीट गर्दै उच्च प्रशंसा गरेका हुन् ।
This is how far #healthworkers go to save lives. Is it fair that in many places these heroes have still not been vaccinated?
— Tedros Adhanom Ghebreyesus (@DrTedros) June 17, 2021
It is in our power and our duty to do everything we can to deliver #VaccinEquity! If not now, when?https://t.co/Dm1YVbc9uB