होमपेज / समाज
काठमाडौँ ।विश्वको ध्यान नेपालको मुस्ताङस्थित लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासमा पुगेकाे छ।
सोह्री भिडियोले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयसको पनि ध्यान खिचेको छ ।प्रमुख गेहब्रेयसले सामाजिक सञ्जालमा भाइरल बनेको सो भिडियोलाई सेयर गर्दै स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।
नेपालमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप एक स्थानबाट अर्को स्थानमा पुर्याउनका लागि गरेको प्रयत्नको प्रशंसा गरेका हुन् ।भिडियोमा यसैसाता हिमालपारिको जिल्ला मुस्ताङको लेतेस्थित खोलामा आएको बाढीमा केही स्वास्थ्यकर्मीले खोपको डब्बालाई मुस्किलले तार्दै देखिन्छ ।