ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय फुटबल टोलीका खेलाडीले लगाए कोरोना विरुद्धको खोप

नेपालगाथा २०७८ असार ३ गते बिहीबार २०:०१:१३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका खेलाडी र अफिसियलले बिहीबार कोरोना विरुद्धको खोप लगाएका छन्। उनीहरुले जिल्ला स्वास्थ्य कार्यालय ललितपुरमा पुगेर खोप लगाएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । विश्वकप र एसियन कप छनोट खेल खेलेर नेपाली टोली कुवेतबाट जेठ ३० गते स्वदेश फर्किएको थियो। त्यसअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

छनौट अन्तर्गत भएका खेलमा नेपालले चाइनिज ताइपेइलाई पराजित गरेको थियो भने अष्ट्रेलिया र जोर्डनसँग हारेको थियो । एन्फाका अनुसार खोप लगाएपछि खेलाडीहरु घर फर्कन थालेका छन्। कुवेतबाट फर्किएपछि पनि उनीहरु क्याम्पमा नै बसिरहेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top