ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा २४ घण्टामा ४१ मिलिमिटर वर्षा

 मनसुनी वायु सक्रिय

नेपालगाथा २०७८ असार २ गते बुधबार ०९:५२:३० मा प्रकाशित

सुर्खेत । मनसुनी वायु सक्रिय भएसँगै देशभर ठूलो वर्षा भइरहेको छ । पछिल्लो केहीदिन यता कर्णाली आसपासमा पनि भारी वर्षा भइरहेको छ । सुर्खेतमा २४ घण्टामा ४१ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । सुर्खेतको एयरपोटमा रहेको मौसम मापन केन्द्रले पछिल्लो १२ घण्टामा ३६, ६ घण्टामा ३२ र तीन घण्टामा २०.४ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, हुम्ला एयरपोर्टमा ३१, रामपुर कालिमाटी सल्यानमा १४, रिम्ना जाजरकोटमा ४.२, मान्म कालिकोटमा १४, ताल्चा मुगुमा ११ र जुम्लामा ५ मिलिमिटर वर्षा भएको छ । दैलेखमा २५, जाजरकोटमा १७, जगतिपुर जाजरकोटमा १७, शेरागाउँ रुकुममा १८, चौरजहारीमा २२, मुसिकोटमा १९ र सल्यान सदरमुकाममा ३४ मिलिमिटर वर्षा मापन भएको छ ।

जल तथा माैसम पूर्वानुमान महाशाखाले मनुसन देशभर फैलिएकाले उच्च सतर्कता अपनाउन चेतनावनी जारी गरेकाे छ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेकाे महाशाखाले माैमस बुलेटिनमा उल्लेख गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top