ट्रेण्डिङ

होमपेज / समाज

पेट्रोलियम ढुवानीको अवरोध हट्यो

नेपालगाथा २०७८ असार १ गते मंगलबार १७:३०:०३ मा प्रकाशित

काठमाडौँ । पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेपछि अवरोध हटेको हो । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ ।

कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका थिए । ट्यांकर चालक संघले माग गरेको कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने सहमती भएपछि आन्दोलन फिर्ता लिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले बताए ।

कोरोनाविरुद्धको खोप भोलि बुधबार देखि उपलब्ध हुने उनले बताए । उनले भने,‘अब पेट्रोलियम पदार्थको ढुवानी सेवा आजबाट नै शुरु हुन्छ । चालक र सहचालकले भोलिबाट कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् ।’ हालसम्म ५० चालक र १३ सह चालक कोरोना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । थानकोट र अमलेखगन्ज गरेर झण्डै २२ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top