ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप

बिहान ११ बजेसम्म पसल खोल्न पाइने

नेपालगाथा २०७८ जेठ ३० गते आइतबार १९:५४:१५ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । 

आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । 

यसअघि, जेठ ३१ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै केही खुकुलो बनाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । ‘‘पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर घटेको छ । तर, संक्रमणको जोखिम भने घटेको छैन् । त्यसैले निषेधाज्ञा थप गरेका हौँ । निषेधाज्ञाको मोडालिटी खुकुलो बनाइएको छ,” उनले भने ।

बैठकले १ असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पुस्तक पसल खोल्न दिने निर्णय पनि गरेको उनले बताए ।अब बिहान ११ बजेसम्म खोल्न दिइनेछ । विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढाउन दिइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top