होमपेज / समाज
काठमाडौँ- उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।उदयपुरको ताप्ली गाउँपालिका– ४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडक खण्डमा बोलेरो जिप दुर्घटना भएकाे हाे।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा १८ च १५६७ नम्बरको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो ।