ट्रेण्डिङ

होमपेज / समाज

थप ३,३८४ जनामा कोरोना पुष्टि, ६१ को मृत्यु

नेपालगाथा २०७८ जेठ २९ गते शनिबार १७:३०:३६ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५०६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ ८३ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन्। सोही अवधिमा कोरोनाका कारण ६१ जनाको मृत्यु भएको छ। नयाँ संक्रमितमध्ये काठमाडौँमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जना गरी उपत्यकामा ५ सय ९८ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top