होमपेज / समाज
जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियामा आज पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–६ स्थित लक्ष्मीपुरमा पोखरी पौडी खेल्ने क्रममा डुबेर पाँच जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा ५ वटा शव पोखरीबाट निकालिएको छ । पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललिता साहको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।