ट्रेण्डिङ

होमपेज / समाज

आज देशका केही स्थानमा हल्का र भारी वर्षाको सम्भावना

नेपालगाथा २०७८ जेठ २८ गते शुक्रबार ०९:४६:१६ मा प्रकाशित

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षा हुने स्थानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। दिउँसो देशभरको मौसम बदली रहनेछ।

धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, लुम्विनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश २, बागमती, लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक दुई दिनमा मनसुनको आगमन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top