ट्रेण्डिङ

होमपेज / समाज

बानेश्वरमा आकाशे पुल राखिँदै

नेपालगाथा २०७८ जेठ २६ गते बुधबार १५:२९:५२ मा प्रकाशित

काठमाडौं । नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण अन्तिम चरणमा पुगेको छ । भुइँमा तयार पारिएको आकाशेपुल बुधबार जडान गर्न लागिएको छ । नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुल बुधबार क्रेनको सहायताले खम्बामाथि राख्न लागिएको हो ।

सडक विभाग अन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरिएको हो । यो आकाशेपुल ‘मुभेबल’ अर्थात् भविष्यमा खोलेर अर्को स्थानमा लैजान सकिने खालको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top