ट्रेण्डिङ

होमपेज / समाज

मनसुन चाँडो हुने भएकाले राजमार्गमा आउन सक्ने अवरोध व्यवस्थापनका लागि पूर्व तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन

नेपालगाथा २०७८ जेठ २६ गते बुधबार १५:०९:५५ मा प्रकाशित

काठमाडौं।  यो वर्ष मनसुन चाँडो हुने भएकाले राजमार्गमा आउन सक्ने अवरोध व्यवस्थापनका लागि पूर्व तयारी गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् ।

नेम्वाङले सम्बद्ध कर्मचारीहरुलाई बजेट कार्यन्वयनका बारेमा योजना सुनाउँदै राजमार्गहरू अवरुद्ध हुन नदिने र खाल्डाखुल्डीरहित बनाउने कार्यमा पूर्व तयारीका साथ रहन निर्देशन दिए ।

"यस पटक मनसुन चाडो हुने पूर्वानुमान छ । मनसुनका कारण राजमार्गहरू अवरुद्ध हुदाँ समयमै व्यवस्थापन गर्न सकेनौं भने जनजीवन प्रभावित हुन्छ । नागरिकले कष्ट पाउँछन् । अवरोध हुन सक्ने देशैभरका सम्भावित स्थानहरूमा इक्विपमेण्टहरु तैनाथ गर्नुहोला । हामीसँग उपलब्ध इक्विपमेण्ट अपुग भए भाडामा लिएर भएपनि व्यवस्थापन गर्नुपर्छ" । उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

Top