ट्रेण्डिङ

होमपेज / समाज

आज देशभर मौसम बदली, केही स्थानमा चट्टयाङसहित बर्षाको सम्भावना

नेपालगाथा २०७८ जेठ २६ गते बुधबार ०८:२७:१४ मा प्रकाशित

काठमाडौँ । आज देशभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ। यस्तै, केही प्रदेशहरुमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले मौसम बदली रहने महाशाखाले बताएको छ। बुधबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

मंगलबार बिहान प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top