होमपेज / समाज
काठमाडौं, २५ जेठ बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी ज्योतीनगर बस्ने दिपा कार्कीको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ न्यूरोड बस्ने धादिङ धुनीबेसी नगरपालिका-२ घर भएका ३३ वर्षीय सुरेन्द्र खकुरेल लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार १ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।