ट्रेण्डिङ

होमपेज / समाज

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ९ सय ६६ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

नेपालगाथा २०७८ जेठ २४ गते सोमबार १८:४४:२३ मा प्रकाशित

काठमाडौं, २४ जेठ विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ९ सय ६६ वटा सवारी साधनलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार १ सय ४९ वटा गाडी र २ हजार ८ सय १७ वटा मोटरसाइकल रहेका छन् ।

नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछपश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गतपछिल्लो २४ घण्टामा ५ सय ४२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५३ हजार ४ सय १६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ सय १६ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश,
२०७८ बमोजिम जम्मा ७५ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ४ हजार ६ सय ९८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८६ वटा
माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ७ हजार ४ सय ६२ जनालाई सचेत गराइएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेततिब्रता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top