ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घन्टामा थप ४,४७२ जना कोरोना पुष्टि, ९२ जनाको मृत्यु

नेपालगाथा २०७८ जेठ २४ गते सोमबार १६:५३:११ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ९५१ संक्रमणमुक्त भएका छन् भने ९२ जना संक्रमितको मृत्यु भएको छ । अहिले ८५ हजार ५४४ जना संक्रमित आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार २ पीसीआर र ५९०१ जनाको एन्टीजेन परीक्षण भएको छ । अहिलेसम्म नेपालमा ६ लाख ६ हजार १५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ४ लाख ९७ हजार ९६० जना निको भएका छन् । यस्तै ७ हजार ९९० संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top