होमपेज / समाज
काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशतले घटाएको छ। आज बसेको निगमको सञ्चालक समितिको बैठकले हवाई इन्धनको मूल्य अन्य इन्धन सरह स्वचालित बनाउने निर्णय पनि गरेको छ ।
इवाई इन्धनको मूल्य घटेसँगै नेपाल वायु सेवा निगमले भाडादर पनि घटाएको छ।अब अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७१५ अमेरिकी डलरमा झरेको छ । प्रतिकिलोलिटर १७८ अमेरिकी डलर मूल्य कटौती भएको हो।