ट्रेण्डिङ

होमपेज / समाज

युवतीहरुमाथि भएको यौन दुव्र्यवहारमा सलंग्न अभियुक्तलाई कडा कारबाहीको माग

आदिवासी राउटे समुदाय

नेपालगाथा २०७८ जेठ २३ गते आइतबार १७:५८:०० मा प्रकाशित

सुर्खेत । नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद सचिवालयले आदिवासी राउटे समुदायको युवतीहरुमाथि भएको यौन दुव्र्यवहारमा सलंग्न अभियुक्तलाई कडा कारबाहीको माग गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै सत्ता र शक्तिको दुरुपयोग गर्दै अनुसन्धान कमेजोर बनाई अभियुक्तहरुलाई उन्मुक्ति दिनेजस्ता कार्य राज्य संयन्त्रबाट नगरि कारबाहीको दायरमा ल्याउन माग गरेको हो ।

महासंघका अध्यक्ष जगतबहादुर बरामद्वारा हस्ताक्षरित विज्ञप्तीमा राउटेसँग सम्बन्धित असंवेदनशील गैरन्यायिक कार्य गर्नेहरुमाथि समेत सम्बन्धित निकायहरुबाट कारबाहीका लागि आवश्यक अनुसन्धान अगाडी बढाउन र उनीहरुको स्वतन्त्रतापूर्वक जानकारी, मञ्जुर र स्वीकृति बिना सार्वजनिक भएका भिडियो, तस्वीलाई सरकारको सम्बन्धित संयन्त्रले सिस्टमबोजिम हटाउन समेत विशेष आग्रह गरिएको छ ।

विज्ञप्ती

प्रतिक्रिया

सम्बन्धित खवर

Top