ट्रेण्डिङ

होमपेज / समाज

गोली प्रहारबाट मेडिकल संचालक घाइते

नेपालगाथा २०७८ जेठ २३ गते आइतबार १५:४४:५४ मा प्रकाशित

सिरहा, २३ जेठ मिर्चैया नगरपालिका-५ स्थित शिवजी मेडिकलका संचालक सोही ठाउँ बस्ने ४० वर्षीय राम सागर साफी अपरिचित व्यक्तिको गोली प्रहारबाट शनिबार साँझ घाइते भएका छन् ।

उक्त मेडिकलमा बत्ती गएको अवस्थामा अपरिचित व्यक्तिहरुले २ राउण्ड गोली प्रहार गर्दा साफी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि मंगलम अस्पताल मिर्चैया पठाइएको छ ।

घाइते साफीको अवस्था मध्यम रहेको छ । घटनामा संलग्न व्यक्तिहरुको खोजतलासको क्रममा सोही ठाउँ बस्ने शंकास्पद २ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top