ट्रेण्डिङ

होमपेज / समाज

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक जना पक्राउ

नेपालगाथा २०७८ जेठ २३ गते आइतबार १५:१०:५४ मा प्रकाशित

कैलाली, २३ जेठ मावन बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोदावरी नगरपालिका-२ अत्तरियास्थित मिट प्वाईन्ट होटलका संचालक दान बहादुर साँउदलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

साँउदले उक्त होटलमा काम लगाइदिने बहानामा २ जना महिलालाई जेठ ९ देखि १९ गतेसम्म होटलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरिक सम्पर्क गर्न लगाउने कार्यमा संलग्न गराएको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top