ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घन्टामा ५०४२ जनामा कोरोना पुष्टि, ६८ जना मृत्यु

नेपालगाथा २०७८ जेठ २२ गते शनिबार १६:५०:०९ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् । नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् । निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top