ट्रेण्डिङ

होमपेज / समाज

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नेबारे अध्ययन गर्न समिति गठन

नेपालगाथा २०७८ जेठ २२ गते शनिबार १०:३०:५७ मा प्रकाशित

जनकपुरधाम । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नेबारे अध्ययन गर्न समिति गठन गरिएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशङ्कर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा अध्ययन समिति गठन गरेका हुन् ।

समितिले अध्ययन गरी आवश्यक सिफारिससहित प्रतिवेदन पेस गर्ने मन्त्री अरगरियाको सचिवालयले जानकारी दिएको छ । शुक्रवार मन्त्रीको शपथ खाएका अरगरियाले शुक्रवार नै पदबहाली ग्रहण गरेका छन् । पदबहाली गर्नेवित्तिकै उनले यो पहिलो निर्णय गरेका हुन् ।

जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गरी मन्दिरको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री अरगरियाको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top